arrow

नबिल बैङ्कको छैटौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज पोखरा शाखामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
nabil-priority-banking-pokhara-dec-2025.jpg

पोखरा। नबिल बैङ्कले पोखरा शाखामा छैटौँ प्र्रायोरिटी बैङ्किङ लाउञ्ज सुरु गरेको छ। बैङ्कका डेपुटी सिइओ आदर्श बजगाईँले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरूप काठमाडौँ उपत्यका बाहिर पहिलो पटक लाउञ्ज सुरु गरिएको बैङ्कले जनाएको छ। बैङ्कले यसअघि तीन धारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैङ्किङ सुविधा प्रदान गर्दै आएको छ। 

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ बजगाईँले भने, “ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैङ्किङ शाखा विस्तार गरेका हौँ। यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहज रूपमा उच्चस्तरीय बैङ्किङ सेवा अनुभव गर्न पाउने छन्।”

नबिल प्रायोरिटी बैङ्किङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैङ्किङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिन सक्ने जनाइएको छ। 

नबिल प्रायोरिटी बैङ्किङ सम्बन्धी थप जानकारीका लागि बैङ्कको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ