जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये ११ जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
888
Shares
सिराहा । जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिराहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा बाल सुधार गृह वीरगञ्जबाट फरार भएका कैदीबन्दी पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छभने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए ।
यसैबीच, प्रहरीले धनगढीमाई नगरपालिका-११ डाबरटोलस्थित चितवा खोला नजिकबाट सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको छ ।
सो बन्दुकका सम्बन्धमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जनाएको छ । रासस