काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको हो ।
उक्त बैठमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्देशानुसार अनुरोध गरेका छन् ।
बैठकमा कांग्रेसको आसन्न १५ औँ महाधिवेशन र प्रतिनिधि सभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
कांग्रेसले विभिन्न बहानामा महाधिवेशन यही पुसमा नगर्ने संकेत गरेको छ । महाधिवेशन नगरी चुनावमा जाने हो भने पार्टीको शर्मनाक हार हुने अड्कलसमेत नेताहरुले गरिरहेका छन् ।