arrow

सर्वोच्चको १९ सदस्यीय इजलासको फैसला

आगजनीपछि सर्वोच्चको विशेष कदम: नष्ट भएका कागजात जुटाउन सेवाग्राहीलाई थप एक महिनाको सहुलियत

मुद्दाको हदम्याद र तारेख थाम्ने समय पुस मसान्तसम्म थप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । सर्वोच्च अदालतले गत भदौ २४ गते भएको आगजनीका कारण नष्ट भएका मुद्दाका कागजात सङ्कलन र कानुनी प्रक्रियाका लागि हदम्याद, म्याद र तारेख थाम्ने अवधि ६० दिन पुर्‍याएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित १९ जना न्यायाधीशको बृहत् पूर्ण इजलासले आइतबार यस्तो अनुमति दिने निर्णय गरेको हो।

अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि सुनुवाइ गर्दै इजलासले यसअघि मङ्सिर मसान्तसम्मका लागि दिइएको सहुलियतलाई एक महिना थप गरी पुस मसान्तसम्म पुर्‍याएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यो निर्णयसँगै अब सेवाग्राहीले पुस मसान्तसम्म आफ्ना मुद्दाको हदम्याद, तारेख र म्याद थाम्न पाउनेछन्। यससम्बन्धी विस्तृत लिखित आदेश भने सोमबार सार्वजनिक गरिनेछ।

भदौमा भएको आगजनी र तोडफोडका क्रममा सर्वोच्चका महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए। अदालतले यसअघि नै मुद्दाका पक्ष र सरोकारवालाहरूलाई आफूसँग भएका कागजातहरू जुटाएर सहयोग गर्न आह्वान गरिसकेको छ। कागजात सङ्कलन र कानुनी प्रक्रियामा सहजता ल्याउनका लागि सर्वोच्चले आफ्ना सबै उपलब्ध न्यायाधीशहरू सम्मिलित गराई यो विशेष निर्णय लिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ