निर्वाचन प्रक्रिया विथोल्न खोज्दै जेन–जी समूह निर्वाचन आयोगमा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
813
Shares
काठमाडौँ । निर्वाचन प्रक्रिया विथोल्न खोज्ने जेन–जीलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन आयोगमा प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची बुझाउने आज अन्तिम दिन दलहरुको भीड भइरहेका बेलामा आयोगमा पुगेर जेन–जीहरुले अवरोध गरेका हुन् ।
उनीहरुले आयोगमा नाराबाजी गरे । साथै उनीहरुले आफूहरुको माग पूरा नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागे । उनीहरुले निर्वाचन आयोग अगाडि निर्वाचन धोका हो, जेन–जीको माग पूरा नभए निर्वाचन चुनाव हुन दिदैनौँ भन्दै प्रदर्शन गरे ।
प्रहरीले उनीहरुमध्ये केहीलाई नियन्त्रणमा लिएको हो ।