arrow

बालेनको रोजाइमा चन्द्र ढकालका छोरा सचिन, परे रास्वपाको समानुपातिकको बन्दसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
sachin-dhakal-chandra-dkakal-son.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन राजनीतिमा जोडिएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको सूचीमा परेका हुन् ।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएकामा त्यसमा खस आर्यतर्फ ढकालको नाम समेटिएको छ । 

युवा उद्यमीसमेत रहेका ढकाल फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्षसमेत हुन् । उनी पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय रहेका छन् । 

आईएमई ग्रुपका निर्देशक ढकालको व्यवस्थापनमा इला कम्फर्ट होटलहरू सञ्चालनमा छन् । 

रास्वपामा वालेन्द्र साह बालेन र कुलमान घिसिङ जोडिएपछि समानुपातिकमा युवाहरू समेटिएका छन् । 

ढकाल बालेनको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ