-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुनसरी । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । सो क्रममा एक तस्करको मृत्यु भएको छ ।
सशस्त्रले चलाएको गोली लागेर तस्कर समूहका विजय साहको मृत्यु भएको प्रहरीले जनाएको छ । तस्करी रोक्ने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ ।
पहिले तस्करले गोली चलाएको र प्रतिरक्षाका क्रममा सशस्त्रले गोली चलाउँदा साहको मृत्यु भएको पनि सशस्त्रले जानकारी दिएको छ ।
घटनाको सत्यतथ्य जानकारी लिन प्रहरीको उच्च टोली घटनास्थलमा गइरहेको बताइएको छ । स्थानीयले भने यो घटनालाई सेटिङ नमिलेका कारण भएको भनी आरोप लगाएका छन् ।