कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
1.7k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक शनिबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
पार्टी नेतृत्वले विशेष महाधिवेशन नगरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि पार्टीभित्र तरंग छाएको छ ।