arrow

नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्न सकिँदैन: प्रदीप पौडेल

प्रदीप पौडेलको आक्रोश: "कांग्रेस बलियो बनाउन खोज्दा फुटाउन लाग्यो भन्न पाइँदैन"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
pradeeps.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरहरूलाई 'पार्टी फुटाउन खोजेको' भनी लगाएको आरोपको कडा खण्डन गरेका छन्। आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा बोल्दै उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको अपमान नगर्न संस्थापन पक्षलाई सचेत गराए।

नेता पौडेलले कांग्रेसको भविष्य सुरक्षित गर्नका लागि नेतृत्व परिवर्तन अनिवार्य रहेको जिकिर गरे। उनले प्रश्न गरे, "नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यका निम्ति नेतृत्व फेर्ने? यो निर्णय अब हाम्रै हातमा छ।" पार्टीका लागि जीवन समर्पित गरेका प्रतिनिधिहरूले कांग्रेस बलियो र एकताबद्ध बनाउन चाहेको भन्दै उनले उनीहरूमाथि फुटको आरोप लगाउनु न्यायोचित नहुने बताए।

आफूहरूले कांग्रेसलाई समाप्त हुनबाट जोगाउनकै लागि विशेष महाधिवेशनको बाटो रोजेको नेता पौडेलको भनाइ छ। उनले विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको विभाजन नभई वैचारिक र साङ्गठनिक सुदृढीकरण चाहेको स्पष्ट पारेको कुरा आयोजकले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ