काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैपटक ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको भाउमा पनि उल्लेखनीय वृद्धि भएको छ। सोमबार चाँदी तोलामा २०५ रुपैयाँले महँगो भई ५ हजार १९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९९० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको महासंघले जनाएको छ।