arrow

रास्वपाले गरायो १६४ स्थानमा उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर : फाइल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए ।

झापा निर्वाचन क्षेत्र १ मा  निशा डाँगी,  झापा २ मा   इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा  रुबिना आचार्य,  सुनसरी १ मा सरिन ९गोमा० तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा  बिनिता कठायत, हुम्ला १ मा  टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली,  धादिङ १ मा  आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरेका छन् । 

त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ