arrow

सभापति थापाले सानेपामै बैठक डाकेसँगै मुख्यसचिव पौडेलले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
krishnaprasad-poudel-nc-.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका उनले बिहीबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ । 

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलले मुख्यसचिव पदबाट राजीनामा दिएका हुन् । तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा गत पुस ३० गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो । 

उक्त कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । सोसँगै उनले राजीनामा दिएका हुन् । 

उनको हस्ताक्षरमा पार्टी कार्यालयले त्यसबेला विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनलाई अवैधानिक र विधान विपरीत भन्दै प्रेस विज्ञप्ति जारी हुँदै आएको थियो । 

साथै मर्यादा नाघेरै विशेष महाधिवेशन सहभागी नहुन भन्दै धमाधम पार्टीको आधिकारिक इमेलबाट सन्देशहरू पठाउँदै आएका थिए । 

राष्ट्रिय सभा सदस्य भए पनि उनी विभिन्न लोभका कारण कार्यालयको मुख्य सचिवको भूमिका पनि निभाइरहेको भन्दै आलोचना हुँदै आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ