बत्ती जाँदा मलाई सम्झिने जनताले भोट पनि मलाई नै दिनेछन् : कुलमान घिसिङ
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
837
Shares
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका सबै क्षेत्रमा अहिले अँध्यारो छाएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले देशको अवस्था अन्धकारपूर्ण रहेको भन्दै त्यसलाई चिरेर उज्यालो ल्याउन आफ्नो पार्टीलाई जिताउनुपर्ने दाबी गरे।
उनले भने, "अहिले बत्ती गएपछि सम्झिने नाम कुलमान भएको छ। देशका सबै क्षेत्रमा अँध्यारो छ, अब सबैतिर उज्यालो बनाउन उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्छ भन्ने हाम्रो भनाइ हो।"
जनताबाट निकै सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले उज्यालो नेपाललाई अत्याधिक मतले जिताउने विश्वास व्यक्त गरे। "आज हामीले हेरिटेज वाक गर्यौँ र जनताको घर-घरमा पनि गयौँ। उनीहरूले हामीलाई उत्साहजनक साथ दिने र जिताउने बताएका छन्," उनले थपे।
देशको नेतृत्व सही व्यक्तिले गरे मात्र मुलुक समृद्ध र उज्यालो हुने भन्दै उनले आफू नेतृत्व लिन तयार रहेको बताए। उनले यसपटकको निर्वाचनमा जनताले आफूलाई जिताउने कुरामा ढुक्क रहेको समेत स्पष्ट पारे।