arrow

मौसममा सुधारसँगै हवाई उडान चालु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
airport-tia-1.jpg

काठमाडौं । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण प्रभावित बनेको आन्तरिक उडान अहिले सुचारु भएको छ। काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा मौसम खराब हुँदा उडान र अवतरण रोकिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान हुन सकेको थिएन। तर, अहिले दिउँसोबाट मौसममा सुधार आएपछि भरतपुर, तुम्लिङटार र नेपालगञ्जबाहेक अन्य सबै विमानस्थलमा उडान सुचारु भएको उनले जानकारी दिए।

कुहिरो हटेसँगै विमानस्थलहरूमा यात्रुको चाप बढ्न थालेको छ र तालिका अनुसारका उडानहरू सुचारु गर्ने प्रयास भइरहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ