arrow

तोलामा २० हजार पाँच सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ ।

बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेकामा शुक्रबार सुनको भाउ तोलामा २० हजार पाँच सय र चाँदीको चार सय ४० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ । 

सुनको भाउ यसअघि बिहीबार प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यता, बिहीबार हालसम्मकै उच्च प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको असली चाँदीको भाउ शुक्रबार घटेर सात हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ