arrow

प्रधानमन्त्रीको चुनावी योजना- हिमाली जिल्लामा मौसम बिग्रे दोस्रो चरणमा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
sushila-karki-30-09.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरूमा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन्। नवलपरासीको हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएकी हुन्। निर्वाचनका लागि सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले विशेष परिस्थिति परेको खण्डमा मात्रै हिमाली क्षेत्रका लागि फरक मिति सोच्न सकिने उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले कम मतदाता भएका दुर्गम स्थानहरूमा सवारीसाधन प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने दाबी गरिन्। उनले अहिलेसम्म कुनै पनि बहानामा निर्वाचन सार्ने विषयले चर्चा नपाएको स्पष्ट पार्दै ढुक्कका साथ आगामी फागुन २१ गतेको तयारीमा जुट्न सबैलाई आग्रह गरिन्। समयमै निर्वाचन सम्पन्न गरी नवनिर्वाचित प्रतिनिधिहरूले राज्य व्यवस्था सम्हालेपछि देश नयाँ दिशामा अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले शत प्रतिशत प्रयास गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। उनले केही चुनौतीहरू भए पनि सरकारले ती सबैलाई समाधान गरेरै छाड्ने दृढता व्यक्त गरिन्। विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको उनले उल्लेख गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ