arrow

देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने कुलमान घिसिङको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
kulman-ghising-ujyalo10-22.jpg

जनकपुर । पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् ।

बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेस ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे ।

उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताए ।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेन-जी आन्दोलनको माग र भावना बोकेर अगाडि बढेको जानकारी दिए ।

उनले पछिल्लो दिनहरुमा काम गरेर आएका व्यक्तिहरू मिलेर बनेको उज्यालो नेपाल पार्टी देशको परिवर्तन गर्न आएको बताए ।

अबको भोट भनेको भाषण गर्नेको नभई काम गर्नेहरूको रहेको उनको भनाइ थियो । अध्यक्ष घिसिङले केही पार्टीहरूले भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको बताए ।

अध्यक्ष घिसिङले बिहीबारबाट मधेस प्रदेशको भ्रमण शुरू गरेको र जनताको घरदैलौ कार्यक्रमअन्तर्गत मधेस प्रदेश आएको जानकारी दिए ।

उनले प्रदेशको आठ ओटै जिल्लामा आफ्नो पार्टीका उम्मेद्वारहरू भएकोले सबैसँग भेटघाट एवं छलफल गर्ने उद्देश्यले मधेस झरेको बताए ।

अध्यक्ष घिसिङले जनकपुरधामको जानकी मन्दिर, राममन्दिर र राजदेवी मन्दिरमा पूजा पाठ गरेका छन् ।

यस्तै उनले जनकपुरधामस्थित पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ