arrow

रास्वपाको चुनावी प्रचारको गाडीको ठक्करबाट चार वर्षे बालिकाको मृत्यु, उम्मेदवार फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
rsp-vehicle-killed-82-10-22 (5).jpg

रौतहट ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ ।

बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्  । रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए  । 

जिल्लाको ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ । मृतक सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन् । 

प्रहरी स्रोतका अनुसार बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाइने  प्रहरीले जनाएको छ ।
 

rsp-vehicle-killed-82-10-22 (3).jpg
rsp-vehicle-killed-82-10-22 (4).jpg
rsp-vehicle-killed-82-10-22 (5).jpg
rsp-vehicle-killed-82-10-22 (1).jpg
rsp-vehicle-killed-82-10-22 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ