रास्वपाको चुनावी प्रचारको गाडीको ठक्करबाट चार वर्षे बालिकाको मृत्यु, उम्मेदवार फरार
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
1.3k
Shares
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ ।
बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन् । रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
जिल्लाको ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ । मृतक सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन् ।
प्रहरी स्रोतका अनुसार बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।