arrow

तोलामा ४१ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
gold-shop-newreoad-82-10-12 (4).jpg

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबारको तुलनामा सुनको भाउ तोलामा चार हजार एक सय र चाँदीको दुई सय ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सुनको भाउ यसअघि आइतबार प्रतितोला तीन लाख पाँच सय रुपैयाँ रहेको थियो । 

यता आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर सोमबार पाँच हजार दुई सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ