काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।