arrow

सुनको भाउ स्थिर, चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य कायम रहेको हो।

यस्तै सुन प्रति १० ग्राम दुई लाख ६१ हजार दुई सय ३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहँदा नेपाली बजारमा पनि सुनको मूल्य यथावत् रहेको व्यवसायीहरूको भनाइ छ।

चाँदीको मूल्यमा भने सामान्य कमी देखिएको छ। आज चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको पाँच हजार ६० रुपैयाँभन्दा १० रुपैयाँले कम हो।

चाँदीको मूल्य प्रति १० ग्राम चार हजार तीन सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण सुनचाँदीको मूल्यमा दैनिक सामान्य परिवर्तन देखिँदै आएको छ। 

व्यवसायीहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार मूल्य थप घटबढ हुन सक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ