arrow

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा पाँच हजार छ सय र चाँदीको तीन सय ७५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन गत शुक्रबार प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यता,गत शुक्रबार प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर आइतबार पाँच हजार चार सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ