arrow

काठमाडौँ ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय शमशेर राणाले राजीनामा दिएपछि काठमाडौँ ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा पहिरो गएको छ । 

बेथिति सुधारको साटो उल्टो अनियमतिता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।
 
उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमिततासमेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् । 

यसैगरी लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ ।
 
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन् । 

यसैगरी वडा पदाधिकारीहरु बुनपा ७ की प्रतिभ सेढाई, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरु बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन् ।
 
उनीहरू रास्वपाका पूर्व उम्मेदवार प्रणय राणा निकट मानिन्छन् । राणा हालैमात्र कांग्रेस प्रवेश गरेका थिए । यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ