arrow

सुनचाँदीको भाउमा भारी गिरावट, तोलामा ११ हजारले घट्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ११ हजार र चाँदीको दुई सय ७५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १७ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ७२ हजार दुई सय ९० रुपैयाँ तोकिएको छ।

यस्तै, मंगलबार पाँच हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर बुधबार पाँच हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार चाँदीको मूल्य प्रतिदश ग्राम चार हजार सत सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ