पाल्पा । पाल्पा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नारायण आचार्यलाई १ हजार ५१७ मतले पछि पार्दै राना निर्वाचित भएका हुन् ।
रानाले १८ हजार ३३६ मत ल्याए । आचार्यले १६ हजार ८१९ मत ल्याए ।
रास्वपाका विमल पन्तले १४ हजार ३३३ मतसहित तेस्रो भए ।