arrow

टी–२० विश्वकपको उपाधिमा ह्याट्रिक गर्न न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
narendramodi-stadium-t20-wc-2026.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् । 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतले टस हारेर पहिले ब्याटिङ थालेको छ । भारत साविक विजेता हो भने न्यूजिल्याण्ड भारतका लागि बलियो प्रतिद्धन्द्धी हो । दुई पटकको च्याम्पियन भारत उपाधिमाथि ह्याट्रिक गर्न मैदानमा छ भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

दुई पटकको च्याम्पियन भारतले चौथो पटक फाइनल खेल्दा न्यूजिल्याण्ड पहिलो उपाधि जितको खोजीमा छ । 

भारत विश्वकप क्रिकेटमा लगातार दोस्रो पटक फाइनलमा भिड्दै छ । न्यूजिल्याण्ड भने दोस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०२१ मा न्यूजिल्याण्ड अष्ट्रेलियासँग पराजित भएको थियो । 

टी–२० विश्वकपमा भने भारत न्यूजिल्याण्डसँग पराजित हुँदै आएको छ । सन् २००७, २०१६ र २०२१ मा भएको भिडन्तमा भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो । 

टी–२० मा भारत र न्यूजिल्याण्डबीच ३० खेल भएका छन् । जसमा भारतले १८ जित हासिल गर्दा ११ खेलमात्र न्यूजिल्याण्डले जितेको छ । तीन खेलमा टाइ भएको छ ।  
यसअघि को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । 

सेमिफाइनलमा भारतले इङ्गल्याण्डलाई हरायो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराएको हो । 

भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारत ७ रनले विजयी भयो । २५४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा २४६ रन बनायो । 

ज्याकब बेथलले ४८ बलमा १०५ रन बनाए । विल ज्याक्सले २० बलमा ३५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । जोफ्रा आर्चरले ४ बलमा अविजित रहँदै १९ रन बनाए । 

खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा २५३ रन बनायो  । भारतका लागि सन्जु सामसनले ४२ बलमा ८९ रन बनाए । 

त्यस्तै शिवम दुवेले २५ बलमा ४३, इशान किशनले १८ बलमा ३९ रन बनाए । हार्दिक पाण्डेयाले १२ बलमा २७ तथा तिलक वर्माले ७ बलमा २१ रन बनाए । 

भारत चौथो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । भारत दुई पटकको विजेतासमेत हो । भारत साविक विजेता पनि हो । 

भारतले अब तेस्रो उपाधिका लागि फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । 

फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ । 

बुधबार राति भारतको कोलकातास्थित इडेन गार्डेनको मैदानमा भएको खेलमा न्यूजिल्याण्ड ९ विकेटले विजयी भएको हो । 

१७० रनको लक्ष्य न्यूजिल्याण्डले १२ ओभर ५ बलमै १ विकेटको क्षतिमा पूरा गर्यो । 

फिन एलनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमा अविजित रहँदै १०० रन जोडे । उनले सबैभन्दा कम बलमा शतक बनाएका हुन् । 

उनले टी–२० मा सन् २०१६ मा इङ्गल्याण्डविरुद्ध वेष्ट इन्डिजका क्रिस गेलले ४७ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । 

टी–२० मा भने २७ बलमै शतक बनाउने एस्टोनियाका साहिल चौहान हुन् । उनले सन् २०२४ मा साइप्रसविरुद्ध उक्त कीर्तिमान बनाएका थिए । 

त्यस्तै टर्किएका मुहम्मद फहादले सन् २०२५ मा बुल्गेरियाविरुद्ध २९ बलमा शतक बनाएका थिए । 


३३ बलमै शतक बनाउने नामिबियाका जैन निकोल लफ्टी इटनले नेपालविरुद्ध सन् २०२४ मा र जिम्बाब्वेका सिकन्दर रजाले २०२४ मा बनाएका थिए । 

एलनले ८ छक्का र १० चौकाको मद्धतले विश्वकपमा ३३ बलमा अविजित रहँदै शतक बनाएका हुन् । विश्वकपको नकआउट भिडन्तमा अविजित सबैभन्दा बढी रन बनाउने कीर्तिमान पनि एलनकै नाममा छ । यसअघि सन् २००९ मा सेमिफाइनलमा श्रीलंकाका तिलकरत्ने दिलशानले सेमिफाइनलमा अविजित ९६ रन बनाएका थिए । त्यस्तै टिम सेफर्डले ३३ बलमा ५८ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनायो । ७७ रन जोड्दा ५ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाका लागि मार्को जासेनले ३० बलमा अविजित रहँदै ५६ तथा डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ रन बनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ