arrow

हिमालका थोरै तथा पहाड र तराईका केही स्थानमा वर्षा, काठमाडौँमा पर्न सकेन पानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
weather-always-2082.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली  भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।
 
आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भू–भागका  थोरै स्थानहरूमा तथा पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा भने वर्षा हुन सकेको छैन । मेघगर्जनसँगै वर्षा हुनका लागि हावाहुरीसहित केही थोपा पानी परे पनि त्यसले निरन्तरता पाउन सकेको छैन । 

गएराति पनि पानी पर्ने खुवै लक्षण देखाउँदासमेत पानी झर्न सकेन । केही दिनदेखि वर्षा हुने प्रचूर सम्भावनाबीच वर्षाको प्रणाली हराएर जाने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ