arrow

विपद्मा परेर एघार महिनामा चार सय ६४ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
national-disaster-risk-reduction-management-authority.jpg

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर छ हजार ७९९ ओटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८ १४ घाइते भएका छन् ।

विपद्का कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ ओटा घटना भएका छन् ।

यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुई ओटा घटना घटेका छन् ।

त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ