arrow

हावाहुरीले मकै र गहुँबालीमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
makai-huri.jpg

सर्लाही । सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ ।

जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष्ट हुँदा किसानहरू मारमा परेका हुन् ।

जिल्लाको चन्द्रनगर गाउँपालिकाका किसान राम ध्यान ठाकुरले आफ्नो करिब दुई कठ्ठा जमिनमा लगाएको मकै पूर्ण रूपमा नष्ट भएको बताए ।

हावाहुरीले बोटै ढालिदिएपछि उत्पादनको सबै आशा समाप्त भएको उनको भनाइ छ ।

त्यस्तै, अर्का किसान रामपुकार महतोको करिब सात कठ्ठामा लगाइएको मकैमध्ये अधिकांश बालीमा क्षति पुगेको छ ।

‘हावाहुरीले बाली नै ढालिदियो, अब अपेक्षित उत्पादन नहुने देखिन्छ,’ उनले दुःख व्यक्त गरे ।

चन्द्रनगर मात्र नभई जिल्लाका गोडैता, ईश्वरपुर, ब्रह्मपुरी, हरिपुरलगायत विभिन्न क्षेत्रमा सयौं बिघा जमिनमा लगाइएको मकै र गहुँ बालीमा क्षति पुगेको स्थानीयले जनाएका छन् ।

राम्रोसँग हुर्किरहेको बाली एक्कासि ढलेपछि किसानहरू चिन्तित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ