काठमाडौँ । स्थानीय बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीमा १८५ रुपैयाँको गिरावट देखिएको हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्य सूची अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, सेतो धातु चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।