arrow

बाह्र सय किशोरीलाई एचपीभी खोप दिने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
hpv-anti-cancer-vaccine-nep.jpg

जुम्ला। जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप दिने तयारी गरिएको छ ।

जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिनेछ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका आठ ओटै स्थानीय तहका कक्षा ६ का एक हजार १६५ र विद्यालय नजाने १० वर्ष उमेरका ११२ गरी कुल एक हजार २७७ किशोरीलाई खोप दिने योजना छ । अभियान सञ्चालनका लागि ८४ ओटा खोप केन्द्र स्थापना गरिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरणकुमार शर्माका अनुसार चन्दननाथ नगरपालिकामा २७७, तातोपानी गाउँपालिकामा १६४, गुठीचौरमा ७७ र पातारासीमा २२१ जना किशोरीलाई खोप प्रदान गरिनेछ ।

यसैगरी, तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका ५३८ जना किशोरीलाई खोप दिइनेछ ।

खोप अभियान विशेष गरी विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई लक्षित गरेर सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ