arrow

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी-लालपानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
Jholunge pool.jpg
फाइल तस्बिर

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका-६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं १० र वडा नं ७ का भूभाग जोड्न निर्माण भइरहेको झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय सरकारको झोलुङ्गे पुल महाशाखा, ललितपुर कुपन्डोलबाट विनियोजित रु. सात करोड ४१ लाख लागतमा निर्माण सुरु भएको ६४० मिटर लामो पुलले स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

हालसम्म वडा नं ७ का बासिन्दाले आफ्नो वडाको अर्का भाग पुग्न करिब सात किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पुल पार गर्नु पर्ने बाध्यता थियो ।

नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)का अनुसार झोलुङ्गे पुल निर्माणपछि चन्द्रडाँगी क्षेत्रबाट सिधै लालपानी, ट्याक्रल तथा माईपूर्वका बासिन्दाले नगरपालिका कार्यालय र बजारसम्म सजिलै पहुँच पाउनेछन् ।

नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बिचमा बग्ने ठूलो नदीका कारण विकास निर्माणमा चुनौती रहँदै आएको हुँदा केही ठूला योजनाका लागि सङ्घीय बजेट आवश्यक पर्न सक्छ ।

सङ्घीय सरकारको सहयोगमा सञ्चालन भइरहेको यस परियोजना नगरपालिकाले गुणस्तरीय रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले अनुगमन गरिरहेको छ ।

पुल निर्माणपछि शिवसताक्षी नगरपालिकाका सबै वडा नगर केन्द्रसँग अझ प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ ।

यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँच सुदृढ गर्ने अपेक्षा गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ