arrow

विपद् कोषमा १५ करोड जम्मा गर्दै कोशी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
ministerhouse-koshi.jpg

विराटनगर । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ ओटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै, प्रदेश सरकारले २०८३ सालका सार्वजनिक बिदासमेत स्वीकृत गरेको छ ।

साथै, वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको सीमा निर्धारण गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।

बैठकले गत असोज १८ र १९ गतेको बाढी-पहिरो तथा चैत्र १ र २ गतेको हावा हुन्डरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यलाई तीव्रता दिन विशेष निर्णय गरेको छ ।

यसका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ