arrow

अमेरिकन पप गायिका रिहानाको गीत यसरी गायो सुगाले

logo
हाम्रा कुरा
प्रकाशित २०७३ फागुन १५ आइतबार
rihanna-brit-awards-mic-getty-946.jpeg
एजेन्सी । अमेरिकन पप गायिका रिहानाको गीत सुगाले गाएको छ। सुगाले रिहानाको हाउभाउको नक्कल गर्दै गीत गाएको हो । सो सुगाको एउटा भिडियो इन्टरनेटमा भाइरल भएको छ।
 
रिहानाको गीत नक्कल गर्ने उक्त सुगाको नाम भने बताइएको छैन। भिडियोमा सुगा पिन्जडा भित्र रहेको छ । पिन्जडा भित्र घुम्दै सुगाले बीच-बीचमा क्यामरालाई पनि एक्सपोज गरेको छ । यूट्यूब प्रयोगकर्ता ऐडिल्सन बारोसले अप्लोड गरेको सो भिडियोमा पोर्चुगल भाषामा गफ गरेको सुन्न सकिन्छ । 
 
उक्त भिडियो १ लाख भन्दा ज्यादा पटक हेरिएको छ । भिडियोमा सुगाले  रिहानाको  'आई एम अफ्रेड विद द मोन्स्टर   देट्स अन्डर माई बेड' बोलको गीत गाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ