arrow

कानून मन्त्री गौतमले गरिन् कानूनको सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिने वाचा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
sobita-gautam-first-sign-law-ministry.jpg

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएकी छिन् ।     राष्ट्रपति सक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिने बताइन् ।
 
“विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरु, संशोधन गर्नुपर्ने विषयहरुमा सबै अध्ययन गरेर काम गर्छौं,” मन्त्री गौतमले भनिन्, “भर्खर जिम्मेवारी सम्हालेकी छु, अध्ययन गरेर काम गर्छौं ।”
 
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन् । 

उनले कानून विषयमा स्नातक पूरा गरेकी छिन् भने हाल काठमाडौँ स्कूल अफ लमा एलएलएम अध्ययनरत छिन् । राजनीतिमा प्रवेशअघि नै कानून, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् । कानूनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव समेत छ ।

सोविता गौतमको काँधमा कानून सुधारको जिम्मा [जीवनीसँगै फोटोफिचर]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ