तोलामा पाँच हजार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
542
Shares
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य एकै दिन पाँच हजार रुपैयाँ बढेको छ । मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो । यता गत शुक्रबार प्रतितोला चार हजार छ सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य आइतबार तोलामा ५० रुपैयाँ बढेर चार हजार सात सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।