नेपाली लोक बाजाको संरक्षण र प्रवर्द्धनका लागि एनआईसी एशिया बैङ्कले २०८३ को क्यालेन्डर सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
494
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरूमार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक साजसज्जायुक्त नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।
नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा नयाँ आशा, भरोसा र उमङ्ग भरोस् भन्ने शुभेच्छाका साथ बैङ्कले नेपाली लोक बाजा सङ्ग्रहालयको सहयोगमा यो क्यालेन्डर तयार पारेको हो।
बैङ्कले देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्वका लोकप्रिय तथा लोपोन्मुख बाजाहरू र तिनको बजाउने शैलीसहितका तस्बिरहरू समेटेर भित्ते तथा टेबल क्यालेन्डर जारी गरेको छ। नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरू हाम्रो संस्कृति, परम्परा र पहिचानका प्रतीक मात्र होइनन्, सांस्कृतिक सम्पदा पनि हुन्।
यस क्यालेन्डरले यिनीहरूको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्त्वपूर्ण सहयोग पुग्ने बैङ्कले विश्वास व्यक्त गरेको छ। क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चाङ्ग तिथि लगायतका आवश्यक विवरणहरू पनि समावेश गरिएका छन्।
एनआईसी एशिया बैङ्कले यो कदममार्फत सांस्कृतिक जिम्मेवारीलाई अझ मजबुत बनाउँदै नेपाली लोक संस्कृतिको संरक्षणमा योगदान दिने प्रतिबद्धता पुनः दोहोर्याएको छ।