arrow

चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डीसीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
dinesh-dc-12-19.jpg

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्।

बिहीबार आयोजित एक कार्यक्रममा उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी गरे ।

उनले भने, ‘मैले चलचित्र विकास बोर्डको लागि पूर्ण मनसहित प्रशस्त समय दिएर काम गरेको छु । सबैको काम १५ मिनेटमै हुने गरेको छ ।’

उनले हालै सञ्चारमाध्यममा आएका आर्थिक अनियमिततासम्बन्धी समाचारप्रति पनि आपत्ति जनाए ।

उनले बोर्डले राज्यकोष दोहन गरेको वा ४०-४५ लाख रुपैयाँ फजुल खर्च गरेको भन्ने समाचारहरू तथ्यमा आधारित नभएको बताए ।

उनले भने, ‘चलचित्र विकास बोर्डले राज्यको ढुकुटी दोहन गर्दै आर्थिक अनियमितता गरेको भन्ने समाचारहरू बाहिर आएका छन् । ४० लाख फजुल खर्च गर्यो भनेर केही समाचारहरू आए, तर त्यो समाचार होइन लेख हो ।’

उनका अनुसार उक्त रकम विगतका वर्षहरूमा कर्मचारीहरूको सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने रकम, विभिन्न संस्थालाई दिइएको सहयोगमा लाग्ने भ्याट तथा अन्य व्यवस्थापन खर्चसँग सम्बन्धित रहेको स्पष्ट पारे ।

उनले करिब साढे तीनदेखि चार लाख रुपैयाँ कार्यक्रम सञ्चालनका क्रममा विभिन्न चलचित्र संघहरूलाई दिइने सहयोगबाट मिलाइएको पनि जानकारी दिए ।

अध्यक्ष डीसीले यस प्रक्रियामा न कर्मचारीको गल्ती रहेको न त कुनै व्यक्तिको संलग्नतामा आर्थिक हिनामिना भएको दाबी गरे । उनले यदि कुनै अनियमितता प्रमाणित भएमा छानबिन गर्न आफू तयार रहेकोसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ