उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
740
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघमा आज आइतबार नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता भएको छ । भावी अध्यक्ष अन्जन श्रेष्ठ समूह वस्तुगत तथा एसोसियटको उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको महिला सदस्य पदमा उम्मेद्वारी दर्ता गराएकी सुनिता नेमाफुकीले महिलाको उपस्थिति संघहरूमा वृद्धि गर्नका लागि भएको बताइन् ।
उम्मेद्वारी घोषणा गर्दै नेमाफुकीले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको उल्लेख गर्दै महिला उद्यमशीलतालाई अझ व्यापक रूपमा बुझ्नुपर्ने आवश्यक्ता औंल्याइन् ।
उनले अहिलेसम्म महिला उद्यमशीलता भन्नाले साना स्तरका व्यवसायमा मात्र सीमित सोच रहेको भएपनि वर्तमान समयमा महिलाहरू सीईओदेखि बोर्डरुमसम्म सक्रिय रूपमा सहभागी भइरहेको बताइन् ।
उनले यस बढ्दो सहभागितालाई संस्थागत रूपमा अझ मजबुत बनाउन आवश्यक रहेको जनाउँदै महासंघजस्ता छाता संगठनहरूमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारिन् ।
वस्तुगततर्फ उपाध्यक्षका उम्मेद्वार शिवप्रसाद घिमिरेले महिलाका सन्दर्भमा आफूहरूसँग स्पष्ट एजेन्डा रहेको बताए।