arrow

मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर, गृहमन्त्री गुरुङ पाँचौँ नम्बरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
balen-cabinet-82-12-13.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र साह बालेनको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो । 

मन्त्रीहरूको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री साहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले थिए ।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ । सुरुको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा थिए ।

हाल १५ सदस्यीय मन्त्रिपरिषद्मा १५औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ