काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा तीन ओटा विधेयक टेबुल गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन् ।
प्रतिनिधि सभाले सोमबार तीन ओटा विधेयक स्वीकृत गरेको थियो । अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।