arrow

लापिलाङको पहिरोको समस्या समाधान गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
jagadish-kharel-rsp-25-12.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्रमा विगत सात वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन् ।

‘यस वर्ष वर्षा लागेसँगै सुरक्षा फौससहितको सैरनको व्यवस्था गरियोस् । यो वर्ष तत्कालै भूगर्भविद् खटाएर पहिरो गएको ठाउँमा निराकरण गर्न गरियोस्,’ उनले भने ।

पहिरोको स्थायी समाधानका लागि तुरुन्तै भूगर्भविद् खटाएर अध्ययन गरी प्रभावित क्षेत्रमा आवश्यक निराकरणका उपाय लागू गर्न पनि उनले सरकारसँग आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ