arrow

‘डे पास’ को दुरुपयोग रोक्न सांसद डाँगीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
nisha-dangi-25-12.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्ता नगइ नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चालन भइरहेको बताइन् ।

उनले भनिन्,‘भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ । हाल त्यसको दुरुपयोग भइरहेको छ । नियम अनुसार एक दिनको भन्सार ‘डे पास’लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो,तर व्यवहारमा ती सवारीहरू नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेका हुन्छन् । यसले गर्दा उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनमा प्रत्येक्ष असर परिरहेको छ ।’

सांसद डाँगीका अनुसार यस्तो समस्या कुनै एक क्षेत्रको मात्र नभई देशभरका सीमा क्षेत्रहरूमा देखिएको छ ।

भारतीय सवारी साधनका कारण नेपाली यातायात व्यवसायीहरू दबाबमा परेका र आर्थिक रूपमा संकट झेल्न बाध्य भएका उनले उल्लेख गरिन् ।

‘मेरो क्षेत्रमा मात्र होइन्, प्रत्येक सिमा क्षेत्रमा भारतीय सवारी साधन नेपाली यातायात व्यवसायी दबाएका अवस्थामा छन्, संकटमा परेका छन् । यतिमात्र होइन्, भारतीय गाडीले नेपालमा कुनै पनि दुर्घटना गरेमा क्षतिपूर्तिमा समेत उत्तिकै समस्या भनेको छ,’ उनले भनिन् ।

उनले भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश ‘डे पास’ को दुरुपयोग तत्काल रोक्न सरकारसँग माग समेत गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ