arrow

दाइजो प्रथा र बेरोजगारी समस्या गम्भीर: रुविकुमारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
rubi-kumari-25-12.jpg

काठमाडौँ। श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगार सम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् ।

उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरू, विशेष गरी महिलाहरू पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरू, विशेष गरी महिलाहरू पीडित भइरहेका छन्। दाइजोका कारण महिलाहरू मर्न बाध्य भएका छन् । यसैले दाइजोमुक्त समाजको आवश्यकता छ ।’

उनले मधेस प्रदेशमा युवाहरूको रोजगारको अवस्था धेरै नै जटिल रहेको बताइन् ।

उनले सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान हुन नसकेको गुनासो गरिन् ।

उनले भनिन्, ‘युवाहरू बेरोजगार छन्। मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल छ । यसका साथै कृषकहरूको अवस्था पनि गम्भीर छ । सिँचाइका लागि पर्याप्त पानीको व्यवस्था हुनुपर्छ। सरकार परिवर्तन भए पनि दाइजो र कृषिसम्बन्धी समस्या अझै समाधान भएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ