arrow

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अनिवार्य पुनरावलोकन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
dhitopatra-bord.jpeg

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरावलोकन गर्ने व्यवस्था लागू गरेको छ ।

बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो ।

कम्पनीहरूको वित्तीय विवरणलाई पारदर्शी र तथ्यपरक बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको छ।

नयाँ मापदण्डअनुसार आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय प्रतिवेदनमा असामान्य अवस्था देखिएमा अनिवार्य पुनरवलोकन गरिनेछ ।

सामान्य मापदण्डअन्तर्गत विगत तीन आर्थिक वर्षको लेखापरीक्षण, पछिल्लो वर्षको वित्तीय विवरण तथा अन्तरिम विवरणहरू परीक्षण गरिनेछ ।

विक्री आम्दानीको ठूलो हिस्सा व्यापारिक प्राप्यमा देखिनु, कर दायित्व समायोजन गर्दा वित्तीय मापदण्ड नपुग्नु वा सम्बद्ध पक्षसँग उच्च कारोबार भएमा पनि पुनरवलोकन हुनेछ ।

यसका साथै उत्पादन, होटल, जलविद्युत् र लगानी कम्पनीका लागि क्षेत्रगत मापदण्डसमेत तोकिएको छ ।

वित्तीय सूचकहरूमा अस्वाभाविक उतारचढाव, ब्याज खर्चमा ठूलो अन्तर वा सम्बद्ध व्यक्तिसँग उच्च कारोबार देखिएमा पनि जाँच गरिनेछ ।

बोर्डले पुनरवलोकन गर्ने लेखा विशेषज्ञका लागि न्यूनतम योग्यता र अनुभवसमेत निर्धारण गरेको छ । यस व्यवस्थाले आईपीओ प्रक्रिया थप विश्वसनीय र पारदर्शी हुने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ