बजेट र राष्ट्रिय प्राथमिकताका विषयमा प्रधानमन्त्री साह उच्चस्तरीय छलफलमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
630
Shares
काठमाडौँ । प्रधानमन्त्री बालेन साहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग महत्त्वपूर्ण छलफल शुरू गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी यस बैठकमा सरकारको आगामी राष्ट्रिय प्राथमिकताहरू, सम्बन्धित निकायहरूको जिम्मेवारी, चालु कार्यक्रमहरू र बजेट व्यवस्थापनका विषयमा केन्द्रित रहेर संवाद भइरहेको छ।
बैठकमा यी निकायहरूले कार्यसम्पादनका क्रममा भोगिरहेका विद्यमान चुनौतीहरू र प्रणालीगत सुधारका लागि आवश्यक मुख्य सुझावहरूका बारेमा समेत विस्तृत छलफल हुने कार्यसूची रहेको छ।