arrow

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
gold-jewalary.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकेको छ। हिजो मङ्गलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ हजार १३० रुपैयाँ कायम भएको छ, जुन हिजो ५ हजार १६० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन र चाँदीको मूल्यमा उतारचढाव देखिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७५५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। स्थानीय बजारमा हुने यो मूल्य समायोजनले लगानीकर्ता र आम उपभोक्तामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ