एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई काठमाडौँस्थित एभरेस्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
443
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेड र एभरेस्ट हस्पिटल प्रालिबीच बैङ्कका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैङ्कको तर्फबाट चिफ ट्रान्जेक्सन बैङ्किङ नरेन्द्र मैनाली र एभरेस्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन्।
यस समझदारी पश्चात् यस बैङ्कका ग्राहकहरूले नयाँ बानेश्वर, काठमाडौँमा रहेको एभरेस्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू (आउटसोर्स सेवाहरू, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्नु सकिने बैङ्कले जनाएको छ। साथै, ग्राहकहरूले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्न सकिने छ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैङ्किङ एप (मोबैङ्क) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।