arrow

अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस: आणविक दुर्घटनाको ४० वर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
charle-days.jpg

काठमाडौँ । आज अप्रिल २६ अर्थात् अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस। सन् १९८६ मा युक्रेनको चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको भयानक दुर्घटनाको सम्झना र त्यसले निम्त्याएको दीर्घकालीन असरबारे जनचेतना जगाउन यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा प्रस्ताव पारित गरेपछि सन् २०१७ देखि हरेक वर्ष यस दिनलाई आधिकारिक रूपमा स्मरण गर्न थालिएको हो।

आजभन्दा ठिक ४० वर्षअघि भएको उक्त विस्फोटपछि निस्किएको रेडियोधर्मी बादल तत्कालीन सोभियत सङ्घका विशाल भू-भागहरू (हालको बेलारुस, युक्रेन र रुस) मा फैलिएको थियो।

तथ्याङ्क अनुसार यस दुर्घटनाबाट ती तीन देशका करिब ८४ लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकिरणको प्रभावमा परेका थिए। दुर्घटनाको चार दशक बितिसक्दा पनि यसको गम्भीर असर अझै कायमै रहेको र प्रभावित समुदायलाई अझै पनि विशेष सहयोग तथा स्वास्थ्य सेवाको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ।

चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ र प्रभावित देशका सरकारहरूले ती क्षेत्रको पुनःस्थापना र विकासका लागि निरन्तर प्रयास गरिरहेका छन्। विकिरणको जोखिम घटाउने, प्रभावितहरूलाई दीर्घकालीन स्वास्थ्य उपचार उपलब्ध गराउने र आणविक सुरक्षाका उपायहरूलाई सुदृढ बनाउने कार्यहरू अहिले पनि जारी छन्। यो दिवसले आणविक ऊर्जाको प्रयोगमा हुनुपर्ने उच्च सतर्कता र भविष्यमा यस्ता विपद् दोहोरिन नदिन विश्व समुदायलाई सचेत गराउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ